गणेशको ‘दसैँ तिहार’ बजार

dashain tiharaकाठमाडौं, २४ असोज । नेपाली लोकगीत लेखनमा निरन्तर साधनारत गीतकार गणेश चौलागाईंले दसैँ गीत लिएर आएका छन् । ‘म त टाढा भएनी पिरमा, लाउनु टीका दैलाको तस्बिरमा । यसपालीको दसैँ र तीहारमा, नपर्ने भो टीका र जमरा कर्माहारा मेरो नीधारमा ।’ बोलको शब्द रहेको गीत लिएर चौलागार्इंले यसपालीको दसँैमा आफ्नो सुमधुर स्वर तथा लय संकलन गरेका छन् ।

चर्चित लोक गायिका देवी घर्ती ढकालसँग नव कलाकार गायक शिशिर भुसालको आवाज र सर्जक केदार सापकोटाको शब्दमा रहेको गीतमा गणेशले लयसंकलन गरेका हुन् । विषेशगरी वियोगान्त गीत गजल लेख्न रुचाउने उन्ले यसपालीको चाडपर्वमा आमा–छोरा टाढिनुपर्ने विषयलाई उठाइएको छ ।

०६५ सालमा पहिलोपटक दसँै–तिहार विशेष गीति संग्रह ‘दसँै र तिहार घर खर्च’ मार्फत कलाकार बिमल डाँगीको सहयोगमा राजु परियार र विष्णु माझीको स्वरमा रहेको गीत बजारमा आएको थियो ।  उनले यसअघि विमल डाँगी र मुना थापामगरको आवाज म, ‘पागलै बनौला मेरी मायालु’ बोलको गीतसमेत सार्वजनिक गरिसकेका छन् । विन्ध्यावासिनी म्युजिक कम्पनीले उनको गीतलाई बजारमा ल्याएको हो ।

प्रतिक्रिया