निशाले चढिन् किलिमान्जरो

काठमाडौं  । नायिका निशा अधिकारीले अफ्रिकाको किलिमान्जरो हिमालको सफल आरोहण गरेकी छिन् । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी निशाले अक्टुबर ७ तारिखका दिन हिमाल सबमिट गरेको जनाएकी छन् । उनले अक्टुबर १ तारिखदेखि हिमालको आरोहण गर्न सुरु गरेकी थिइन् ।

किलिमान्जरो हिमालको सफल आरोहण गरेकी उनले उक्त हिमालमा नेपालको झन्डासमेत फहराएकी छिन् । बालबालिकाको लागि ब्लाङकेट र न्यानो कपडाका लागि सहयोग रकम जुटाउन हिमाल चडेकी निशाले ५ हजार ब्लांकेटका लागि करिब २५ लाख सहयोग संकलन गर्ने उद्देश्य रहेको जनाएकी छन् । बालबालिकालाई सहयोग गर्न चाहनेहरूले न्यानो कपडा र आर्थिक सहयोग गर्न सक्नेछन् । उनले चढेको हिमाल अफ्रिकाको सर्वोच्च हिमाल हो । जसको उचाई ४ हजार ८ सय ७७ मिटर छ ।

प्रतिक्रिया