‘फिगर कोकाकोला’ नेवारीमा

figure-cocacolaकाठमाडौं, २३ असोज । चलचित्र अधकट्टीको गीत ‘तिम्रो फिगर कोकाकोला’ बोलको गीत लाई नेवारी भाषमा समेत रेकर्ड गरेर सवाजनिक गरिएको छ । यस अघि नेपाली भाषामा सार्वजनिक गरिएको ‘तिम्रो फिगर कोकाकोला’लाई दर्शक, स्रोताहरुले अत्याधिक मनपराएपछि चलचित्र यूनिटले नेवारी भाषामा सोहि गीतलाई सार्वजनिक गरेको हो ।

नेवारी भाषामा पुनः डब गरिएको गीतमा यमन श्रेष्ठ र चलचत्रकी नायिका अशिष्मा नकर्मीले स्वर दिएकी छन् । यस अघि नेपाली भाषामा सार्वजनिक गरिएको गीतमा प्रल्हाद तिमल्सिना र जोनिशा पौडेलले आवाज दिएका थिए । नेवारी भाषामा यो गीतलाई मदनकृष्ण श्रेष्ठले अनुवाद गरेका हुन् भने नेपालीमा भने यो गीतलाई किरण माईकलले लेखेका हुन् । गीतमा बसन्त सापकोटाको संगीत रहेको छ ।

सुब्रत आचार्य निर्दे्शित चलचित्र ‘अधकट्टी’ कात्तिक ३ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको छ । यो डार्क कमेडी फिल्म हो । जहाँ विल्सन विक्रम राई, गौरव पहारी, प्रदीप बाँस्तोला, अशिष्मा नकर्मी र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको छ । अभिनेत्री नम्रता श्रेष्ठ अतिथि भूमिकामा छन् । सुवास ढकालको कथा रहेको फिल्ममा विजय अधिकारीको पटकथा एवं संवाद रहेको छ ।

जन इशान मुख्य संगीतकार रहेको फिल्म ‘अधकट्टी’ मा बसन्त सापकोटाको अतिथि संगीत छ । चलचित्रका छायाँकार हरी लामा घले हुन् । ‘अधकट्टी’ को लगानीमा अर्चना थापा, सुमीत रञ्जित उदयले प्रस्तुतकर्ता प्रदीप उदयसँग सहकार्य गरेका छन् ।

प्रतिक्रिया