‘ठमेल डटकम’को दोस्रो सार्वजनिक

thamel .com ko aarko geetकाठमाडौं, २३ असोज । चलचित्र ‘ठमेल डटकम’ को अर्को नयाँ गीत सार्वजनिक भएको छ । ‘अपुरो छु म’ बोलको गीतमा नरेन खड्का र नीता पोखरेल
देखिएका छन् ।

कात्तिक ५ गते मोफसल र ६ गते राजधानी भित्र प्रदर्शन हुन लागेको यस चलचित्रको गीतमा बिना भट्टराई र राजेशपायल राईको आवाज रहेको छ ।

गीतको संगीत बसन्त सापकोटाको तथा शब्द दयाराम पाण्डेको रहेको छ । उद्धव पौड्यालको प्रस्तुति रहेको यो चलचित्रमा अनुपविक्रम शाही, प्रमोद अग्रहरि, नरेन खड्का, नीता पोखरेललगायतका कलाकार रहेका छन् । चलचित्रलाई राजकुमार शर्माले निर्देशन गरिरहेका छन् ।

निकिता पौडेल, निरज पौडेल र निरक पौडेलको निर्माण रहेको यो चलचित्रमा ब्रजेश खनालको आलेख, राजुविक्रम थापाको छायांकन, कविराज गहतराज र गोविन्द राईको नृत्य रहेको छ ।

प्रतिक्रिया