अञ्जुको नया“ गीत बजारमा

anju pantaकाठमाडौं, २३ असोज । नेपाली भर्सटायल गायीका अन्जु पन्तको स्वरमा रहेको नया गीतको म्युजिक भिडियो बजारमा आएका छ । हाँस्य कलाकार शुरेस थापाले निर्देशन गरेको नयाँ गीत ‘तिमीले माया गर्ने मान्छे’ को भिडियो सार्वजनिक भएको हो । जीवन, मेलिना र योगिताले अभिनय गरेका उक्त म्यूजिक भिडियोमा बुद्ध थापाले छायांकन गरेका छन् ।

यस गीतमा सुरेश राउतको सम्पादन रहेको छ । निर्देशक थापा लोकप्रिय हाँस्य टेलिश्रृखला मेरी बास्सैका चर्चित पात्र दशर्नेको भुमिकामा अभिनय गर्दै आएका छन् । गीतमा सुजित थापाका शब्द तथा राजकुमार बगरको संगीत रहेको छ ।

प्रतिक्रिया