हट दृश्यका लागि चकलेट

hot drisya ko lagiमुम्बइ, २१ असोज । बलिउडमा बन्दै गरेको ‘हेट स्टोरी’ नामक फिल्मको  हट मुभि लिन नायिकालाई चकलेट खुवाइएको छ । बलिउडमा वर्षमा बन्ने केही सेक्स केन्द्रित चलचित्रका दृश्यहरू भल्गर देखाउन चकलेट खुवाइएको हो ।
अहिले धमाधम छायांकन पनि भइरहेको ‘हेट स्टोरी’ यो तेस्रो सिरिज हो । यो चलचित्रमा नायक शरमन जोशी र नायिका जरिन खानबीच १ अन्तरंग दृश्य समावेश गरिएको छ । जुन दृश्य खिच्नका लागि निर्देशकले अनौठो शैली अपनाएका बताएका छन् ।

यो दृश्यमा चकलेटको भरपुर प्रयोग गरिएको छ । दुवै कलाकारले यो कामुक दृश्यका लागि चकलेट खाएका छन् । दुवैले चकलेटसँग हट दृश्य दिएको भारतीय संचारमाध्यमको दाबी छ । यो दृश्य खिच्नका लागि त्यति सजिलो भने भएन । छायांकनका क्रममा प्रयोग हुने लाइटका कारण चलकेट बारम्बार पग्लिएको जनाइएको छ । मेकअप आर्टिस्टले गर्मीका कारण नायक र नायिकाको अनुहारमा बारम्बार चकलेट लगाइदिएका थिए ।

‘हेट स्टोरी’को अघिल्ला २ सिरिजमा पनि बहुतै कामुक दृश्य समावेश गरिएको थियो । अब नायिका जरिन खानले पनि करिअर बचाउनका लागि हट शैली अपनाएको फिल्मकर्मीहरूले बताउका छन् ।

प्रतिक्रिया