धमाधम बन्दै नयाँ फिल्म

काठमाडौं, २२ असोज । नेपालमा चलचित्र नचलेर घाटा भएको भन्नेहरू निकै लगानी कर्ता भए पनि पछिल्लो समयमा चलचित्रको निमार्ण धमाधम भइरहेका छन् । चलचित्रको व्यापार सन्तोषजनक छैन भन्ने गरिए पनि धमाधम एकपछि अर्को चलचित्र घोषणा भइरहेका छन् ।

अहिले चलचित्र क्षेत्रमा चलेका ब्यानरदेखि नयाँ निर्माताले समेत चलचित्र बनाउन लागिपरेका छन् । केही दिन अगाडि सार्वजनिक नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठलाई लिएर गाजलु बन्न लागेको निर्देशक हेमराज बिसीले जनाएका थिए । रोहित अधिकारी फिल्म्सको ब्यानरमा बिसी मोसन पिक्चर्सले सहकार्य गर्दै ‘गाजलु’ बनाउन लागेको हो । चलचित्रमा अनमोल केसी, श्रृष्टी श्रेष्ठ र गौरव पहारी देखिनेछन् । कात्तिकको ११ गतेबाट यो चलचित्र छायांकनमा जाने भएको छ ।

यस्तै, निर्देशक सुरज भुषालले पनि नयाँ चलचित्र बनाउन लागेका बताएका छ । उनले चलचित्र ‘होस्टेल रिटर्नस’का मुख्य कलाकार सुशील श्रेष्ठ, अभय बराल, सुनील सिटौला, नाजिर हुसेनलाई लिएर अर्को चलचित्र बनाउन लागेका जनाएका छन् । उनले ‘मौन’ चलचित्रबाट डेब्यू गरेका थिए । असोज २६ गते एक कार्यक्रमको आयोजना गरेर चलचित्रको नाम घोषणा गर्ने सुरजले बताए । चलचित्रका लागि नायिकाको अडिसन तिहारपछि गर्ने तयारी गरेका सुरजले छायांकनको सुरु भने माघमा हुने बताए ।

प्रतिक्रिया