फेसबुकमा इन्भाइट गरे पुरस्कार

aadha-pageकाठमाडौं, २२ असोज । नायिका रिसता बस्नेत र सलोन बस्नेतले अभिनय गरेका चलचित्र ‘आधा पेज’ फेसबुकमा इन्भाइट गर्नेलाई निर्माण टोलीले पुरस्कार दिन जनाएको छ । चलचित्र ‘आधा पेज’ को फेसबुक पेजमा सबैभन्दा बढी इन्भाइट गर्ने तथा फेसबुकमा प्रचार गर्नेहरूमध्ये तीन–तीन जनालाई यो अवसर प्रदान गरिने बताइएको छ ।

केही समय अगाडि नायिका रिस्ता बस्नेतले चलचित्र ‘आधा पेज’मा नायक सलोन बस्नेतसँग लिप किस दिन नमानेको सार्वजनिक भएको थियो । उनले आफूले लिप किस दिनुपर्ने भए नखेल्ने समेत बताएका थिइन् । पछि निर्माणपक्षले चुम्बन गर्न नपर्ने भनेपछि रिस्ताले यो चलचित्रमा काम गरेकी जनाएकी छन् ।

समुन्द्र भट्टले निर्देशन गरेको यो चलचित्रको प्रदर्शन मिति तय नभए पनि प्रचार भने सुरु गरिएको छ । निर्माणपक्षले यो चलचित्रको फेसबुक पेजलाई सबैभन्दा बढी इन्भाइट गर्नेलाई देशका विभिन्न ८ सहरमा चलचित्रका कलाकारसँग घुम्न र डिनर गर्ने अवसर दिने घोषणा गरेको छ ।

काठमाडौं, पोखरा, बुटवल, धनगढी, चितवन, हेटौँडा, धरान, दमक गरी देशका ८ सहरबाट चलचित्रको पेजलाई इन्भाइट गर्ने र फेसबुकमा प्रचार गर्ने ३–३ जनालाई यो अवसर दिन लागिएको हो । परी फिल्म्सको ब्यानरमा लीलाबहादुर न्यौपाने र ज्ञानबहादुर न्यौपानेले यो चलचित्रमा लगानी गरेका छन् । चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, विपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल, सारिका न्यौपान, अशिम आरडीको मुख्य भूमिका छ । चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, इन्द्रलाल श्रेष्ठको छायांकन, आकाश बुढाथोकीको कथा, सन्तोष ढकालको सम्पादन रहेको छ ।

प्रतिक्रिया