मञ्चन हुँदै ‘ह्यामलेट’

hyamlet sकाठमाडौं,२१ असोज । नेपाल र बेलायतको सम्बन्ध २ सय वर्ष पुगेको अवसरमा बेलायती महान् साहित्यकार सेक्सपियरको नाटक ‘ह्यामलेट’को प्रदर्शनी हुने भएको छ । भक्तपुर दरवार स्क्वायरमा हुने प्रदर्शनमा २ वटा टोलिको सहभागिता रहनेछ ।

लाजिम्पाटस्थित ¥याडिसन होटलमा पत्रकार सम्मेलन गर्दै बेलायती राजदुतावास र ब्रिटिस काउन्सिलको आयोजनामा असोज २५ मा नेपाली र २६ मा अंग्रेजी भाषामा नाटक मञ्चन हुने जनाइएको हो । नेपाली भाषामा मञ्चन हुने नाटकलाई बेलायतकै ग्रेगरी थम्प्सले थिएटर भिलेजका बिमल सुवेदीको सहयोगमा निर्देशन गरेका छन् ।

नाटकमा अर्पण थापा ह्यामलेट अर्थात् केन्द्रिय भूमिकामा छन् भने उनकी प्रेमिकाको भूमिकामा पूर्व–मिस नेपाल सृष्टी श्रेष्ठ छिन् । नाटकमा कमलमणी नेपाल, भोलाराज सापकोटा, अरुणा कार्की पोखरेल लगायतले अभिनय गर्नेछन ्।

ह्यामलेटको अंग्रेजी नाटक ‘ग्लोब टु ग्लोब ह्यामलेट’ मञ्चनका लागि भने १६ जनाको टोली बेलायतबाटै आउने सम्मेलनमा जनाकारी दिइएको छ । यस नाटकलाई ‘ग्लोब टु ग्लोब ह्यामलेट’ को एक भाग भनिएको छ । २ वर्षमा संसारका सबै देशमा पुगेर नाटक देखाउने अभियानअन्तर्गतको टोलीले यो नाटक मञ्चन गर्न लागेको हो । टोलीले सन् २०१४ को अप्रिलदेखि यो अभियान सुरु गरेको हो । उसको निर्देशन भने डोमिनिक ड्रोमगुल र बिल बकहस्र्टले गरेका छन् ।

 नेपाल–बेलायत सम्बन्धको २ सय वर्ष पूरा भएको अवसरमा नाटक मञ्चन गर्न लागिएको खुशियालीमा नेपालका लागि बेलायती राजदुत जोन ¥याङ्किनले, ‘यो नाटक सबैको पहुँचलाई ख्याल गरेर २ भाषामा मञ्चन गर्न लागेका हौँ । यो अद्भुत नाटक हो र यसलाई हेर्ने हरेकले भरपुर मनोरञ्जन लिन्छन् भन्ने मैले आशा राखेको छु ।’ भनेका छन् ।

प्रतिक्रिया