सीमा प्रशासनबाट सेवा सुचारु

पाँचथर, २२ असोज ।  पाँचथर जिल्लाको च्याङथापुबाट सेवा प्रवाहका लागि रेणुप्रसाद ओझाको प्रमूखत्वमा सेवा हुन थालेको छ । झन्डै १ दशकपछि  सीमा प्रसासन कार्यालयबाट सेवा प्रवाह हुन थालेको हो ।

माओवादी जनयुद्घको  समयमा पनि काम हुने गरेको थियो । त्यसपछि ०६१ सालदेखि कामकाज ठप्प हँुदै आएकोमा अब नागरिकले सेवा पाउने भएका हुन् । ओझाका अनुसार त्यसताका सीमा, भन्सार हेर्ने कामबाहेक अरू काम भएको थिएन । अब सवै सेवा उपलब्ध हुने जनाए ।

सेवा सुरु भएपछि त्यस भेगका सर्वसाधारणले अधिकार पाउने भएका छन् । सीमा प्रशासन कार्यालयबाट गत शुक्रबार र शनिबारदेखि सेवा प्रवाह गर्न थालिएको हो । कार्यालयमा कायममुकायम शाखा अधिकृत रेणुप्रसाद ओझाको नियुक्ति भएको छ । नियुक्तिसँगै कार्यालयबाट नागरिकतालगायतका सेवा सर्वसाधारणलाई दिन थालिएको हो ।

गत शुक्रबार मात्रै ६० जना फलैँचाका सर्वसाधारणलाई नागरिकता प्रदान गरेको ओझाले जानकारी दिए । दसैँतिहारपछि भने नियमित रूपमा कार्यालयबाट सेवा दिने उनले बताए । यसअघि सो कार्यालय नाम मात्रैको थियो ।
कार्यालय सहयोगीले कार्यालय खोल्ने र बन्द गर्ने मात्रै गर्दथे । फलैँचा घर भएकी कमिता तुम्बापो बेघाले कार्यालयबाट सेवा प्रवाह हुन थालेपछि घन्टौँ धाएर फिदिम आउनुपर्ने बाध्यता टरेको बताइन् ।
सीमा प्रसासन कार्यालयबाट दिइने सेवाका विषयमा, पाँचथरका सिडिओ पुरुषोत्तम घिमिरेले ओझाद्वारा सहायक प्रजिअको अधिकारमा सीमा भन्सार, नागरिकता, अध्यागमन, सीमा निरीक्षण, शान्तिसुरक्षा, बजार अनुगमनलगायतको कामको सेवा प्रवाह हुने जनाए ।

त्यस्तै जिल्लाको दक्षिणी गाविस रविगाविसमा इलाका प्रशासन कार्यालय स्थापना गरिने बताए । त्यसक्षेत्रका सर्वसाधारणलाई प्रशासनिक सेवा प्रवाह गर्न पहलकदमी थालिएको र कार्यालयबाट आगामी मंसिर महिनाबाट सेवा दिने गरी काम भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया