स्लिम बन्दै रेखा

rekha thapaकाठमाडौं, २१ असोज । नेपाली चलचित्रकी स्थापित नायिका रेखा थापाले आफ्नो ज्यानलाई सुहाउँदिलो बनाउने भएकी छन् । उनले शारीरिक फिगर मिलाउन नियमित जिम गर्ने जनाएकी छन् ।

उनले आफू सधँै फिट रहन नसकेर चाँडै फिल्म लाइनबाट नहराउने समेत बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र ‘हिम्मतवाली र तथास्तु’मा रेखाको अस्वाभाविक मोटो शरीरलाई समीक्षकले निकै आलोचना गरेका थिए । उनले अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको बताएकी छन् ।  रेखाले अब पूर्णरूपमा फेरि पुरानै रेखा बन्ने तयारीमा रहेको बताएकी छन् । उनले चलचित्र ‘हिरो’मा डेब्यु गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने बताइन् ।
अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिँदै यसका लागि ट्रेनर नै राखेर दैनिक जिम गर्ने बताएकी छन् ।

चलrekha-thapa 1चित्र ‘रामप्यारी’को छायांकनमा ५ केजी बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको छ । उनले भनिन् ‘नायिकाहरू फिट रहन नसकेर चाँडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउँदिन । नायिका रेखा थापालाई हराउन दिन्न ।’

उनले आफूले लापरबाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् । आफ्नो शरीर यो वर्षको फागू पूर्णिमासम्म पूरै फेरिने रेखाको दाबी छ । पछिल्ला चलचित्रमा लामो पहिरनमा देखिएकी रेखा ‘रामप्यारी’मा फेरि छोटो पहिरनमा देखिने बताइएकी छ ।

प्रतिक्रिया