जनकपुर । सिमांकनसहितको विषयलाई लिएर विगत ५५ दिनदेखि बन्द रहेको तँराई मधेशको जिल्लाहरूमा विभिन्न प्रकारको उपभोग्य सामाग्रीको चरम अभाव सुजना भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संघीय मधेशी मोर्चाको आह्वानमा जारी रहेको बन्द ५४ दिन वित्दा पनि कायमै रहेका कारण दैनिक उपभोग्यका सामग्रीहरू, खाना पकाउने एल पी ग्याँस, औषधिसहितको सामाग्रीको चरम अभाव सृजना भएको छ ।
अहिले खान पकाउने ग्याँसको अभाव भएका कारणले आम जनताहरू दाउर, गोईठा, खरसहितको सामाग्री प्रयोग गरेर खाना पकाउनका लागि बाध्य भएका छन् । ग्याँसको अभाव भएपछि कतिपय व्यापारीले अहिले प्रति शिलिण्डर तीन हजारसम्ममा विक्रि गरिरहेका छन् ।
यसै गरी जनकपुरको पसलहरूमा भएको औषधिहरू सकिदै गएका कारणले उपचारमा पनि समस्या आएको चिकित्सकहरूले बताएका छन् । विगत ५५ दिनदेखि नै यातायात, बजार, शिक्षण संस्था, कलकारखाना, उद्योगधन्दा पूर्ण रुपमा नै ठप्प भएका कारणले मध्य तँराईको धनुषा, महोत्तरी, सर्लाही, पूर्वको सिरहा, सप्तरीसहितको जिल्लाहरूको जनजीवन नराम्रोसंग प्रभावित हुन थालेका छन् । लगातारको बन्दका कारणले भित्रि मधेशको जिल्लाहरू सिन्धुली, उदयपुरसहितको जिल्लाहरूमा पनि विभिन्न प्रकारको उपभोग्य सामाग्रीहरूको चरम अभाव सृजना भएको छ ।
आम जनताहरूले सरकार तथा तीन ठूला दलले असन्तुष्ट रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको पक्षसंग जारी राखेको वार्ता कुनै पनि हालतमा सफल गरेर उपभोग्य सामाग्रीहरूका सहज आपूर्ती तर्फ विषेश ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिएका दिएका छन् । यता केही दिनदेखि मोर्चाले नेपाल भारतको सिमा नाकामा जारी राखेको धर्नाका कारणले भारतबाट थोरै पनि उपभोग्य सामाग्रीहरू नेपाल आउन नसकेको र भारतीय सिमा सुरक्षा वलका अधिकारीहरूले नेपालबाट जाने सवारी साधनहरूमाथि कडाई गरेका कारणले भारतबाट थोरै पनि सामानहरू आउन नसकेर अहिले अभाव व्यापक नै भएको छ ।
प्रतिक्रिया