दुव्र्यसनीविरुद्ध प्रहरीको सचेतना

dorbuasanपाँचथर, २१ असोज  । जिल्ला प्रहरी कार्यालय पाँचथरले विद्यार्थीलाई अपराध, दव्र्यसनसम्बन्धी चेतना दिन सुरु गरेको छ ।

नेपाल प्रहरीको तिन वर्षे रणनीति कार्ययोजनाअन्तर्गत शान्ति सुरक्षामा जागरुक गराउन र विकृति विसगंति न्यूनीकरण गर्न लागेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले बिभिन्न विषयमा विद्यार्थीहरूलाई जानकारी दिने उद्ेश्यले बूधबार उच्चमावि फिदिमका अभिमुखिकरण गोष्ठी संचालन गरेको छ ।

कक्षा ११ र १२ का विद्यार्थीलाई फेसबुक एकाउन्टको सुरक्षा कसरी गर्ने र फेसबुकको दुरुपयोगले निम्त्याउन सक्ने सम्भावित दुर्घटनाबारे जानकारी गराइएको  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रविराज थपलियाले बताए ।
थपलियाका अनुसार आगामी दिनमा कार्यक्रलाई निरन्तरता दिदै सदरमुकाम बाहिरका बिद्यालयमा समेत कार्यक्रम संचालन गरिने जनाए ।

कार्यक्रममा लागुऔषध दुव्र्यसनबाट बच्ने उपाय, मोवाइल फोनको दुरुपयोगले निम्त्याउने समस्याहरू, ट्राफिक जनचेतना सम्बन्धी,साथै घरेलु हिंसा, बाल बिबाह, जातीय छुवाछुतलगायत बिषयमा चेतनाको अभियान संचालन गरिने भएको जनाइएको छ ।

प्रतिक्रिया