प्रदर्शनको तयारीमा ‘नजिता’

natija-photoकाठमाडौं, २० असोज । सेन्सर प्रक्रियामा निकै अलमलिएको चलचित्र ‘नजिता’ शुक्रबारबाट हल पाएको छ ।  हर्षिका मानन्धर र सोहित श्रेष्ठको अभिनय रहेको सो चलचित्रले काठमाडौं, भक्तपुर र ललितपुरमा हल पाएको हो ।

लामो समयदेखि मिति तोकेर पनि बारम्बारपछि सारिएको चलचित्र ‘नतिजा’को निर्माण सपना श्रेष्ठको प्रस्तुतिमा शक्ति पण्डितले गरेका हुन् । चलचित्रले प्रदर्शन मिति नपाएरपछि सरेको थियो । प्रमोद भण्डारीले निर्देशन गरेको यो चलचित्रले चेलिबेटी बेचबिखनदेखि प्रेमको कुरालाई गहन तरिकाले उठान गरेको छ ।

चलचित्रमा सोहित मानन्धर र हर्षिका श्रेष्ठ मुख्य भूमिकामा छन् । सफल चलचित्र दिन नसकेकी हर्षिका लागि यो चलचित्र विशेष छ । तर, यो चलचित्रका लागि उनले खासै समय र ध्यान दिएको पाइँदैन । मोफसलमा भने चलचित्र केही समयपछि मात्र प्रदर्शनमा आउनेछ । चलचित्रमा समावेश एक गीतमा सोहित र हषिर्काले दिएको हट दृश्य चर्चामा थियो ।

प्रतिक्रिया