मिस नेपाल इभाना मुस्ताङमा

Miss-nepal musatang yataraकाठमाडौं, २० असोज ।  मिस नेपाल नेपाल इभाना मानन्धरले भूकम्पपछिको मुस्ताङ सुरक्षित रहेको बताएकी छन् । मुस्ताङ पुगेर फर्केकी उनले प्रकृतिको राम्रो उपहार मुस्ताङ अहिले पनि केही नभएको बताएकी छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको सद्भावना दूतसमेत रहेकी इभानाले पहिलो पटक मुस्ताङको विभिन्न स्थानको अवलोकन गरेकी थिइन् । मिस नेपाल मानन्धरसहित चार जनाको टोलीले टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर र छोन्हुपलगायत क्षेत्रमा अवलोकन गरेका थिए ।

मुस्ताङमा पहिलोपटक पुग्दा इभानाले निकै खुसी लागेको प्रतिक्रिया दिइन् । ‘प्राकृतिक सुन्दरताले भरिपूर्ण मुस्ताङमा घुम्न पाउँदा स्वर्ग नै यही हो कि जस्तो लाग्यो ।’ उनले भनिन् । स्वर्ग र नर्कको कुरा गर्नेहरुका लागि जिउँदै स्वर्गको परिकल्पना गर्ने हो भने एक चोटि मुस्ताङ पुग्नै पर्ने उनको धारणा रहेको छ ।

अन्य जिल्लाको तुलनामा मुस्ताङमा आउँदा फरक अनुभूति भएको इभानाको भनाइ थियो । मुस्ताङको संस्कृति र स्थानीयको नरमपन र पाहुनालाई स्वागत गर्ने परम्पराबाट आपूm प्रभावित भएको उनले बताइन् । अग्र्यानिक उत्पादनको जिल्ला भनेर चिनिने मुस्ताङ विश्वका पर्यटकहरुको महत्वपूर्ण गन्तव्य रहेकोले मुस्ताङ भ्रमणको लागि आउन उनले सबैलाई अपिल गरेकी छिन् ।

गत १२ वैशाखको शक्तिशाली भूकम्पका कारण देशमा पर्यटकको संख्यामा कमि आएको अवस्थामा पनि मुस्ताङमा भूकम्पले कुनै असर नपारेकाले सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउनुपर्ने बताइन् ।

प्रतिक्रिया