‘नेफ्टा अवार्ड’ पूरा

8eh_nefta-awardकाठमाडौं, ५ असोज । अगामी सेप्टेम्बर २४ अर्थात आउने बिहीबार कतारमा हुनलागेको ‘आठौँ नेफ्टा अवार्ड’को तयारी पूरा भएको छ ।

अवार्ड आयोजहरूका अनुसार करिब २० हजार दर्शक अट्ने ‘एसियन टाउन, सनैया’को ठूलो स्टेडियममा यो कार्यक्रम आयोजना हुनेछ । अन्तरर्राष्ट्रिय कलाकार मञ्च, कतारसँग सहकार्य गर्दै नेपाल चलचित्र प्राविधिक संघले यो अवार्डको आयोजना गरेको हो । कतारको प्रख्यात ग्रान्ड मलको पछाडि रहेको यो स्टेडियममा अवार्ड आयोजना गरिने जनाइएको छ ।

अवार्डलाई भव्य बनाउनका लागि आयोजकले कुनै कसर बाँकी नछाड्ने भन्दै लाइटिङ र साउन्ड सिस्टममा राम्रो बनाउने, स्टेज आकर्षकरूपमा सजाइने आयोजकहरूले बताएका छन् ।

यसका लागि नेपालबाट चलचित्र प्राविधिक संघका केही प्रतिनिधि कतार पुगिसकेका छन् । कतार आयोजक र संघको टोलीले अवार्डलाई भव्य बनाउन विभिन्न खालका कार्यक्रम तयार पारिसकेको छ ।

नेपालबाट कलाकारको टोली मंगलबार र बुधबार कतार आइपुग्नेछ । १७ हजार दर्शक आउने अपेक्षा गरिएकाले पनि स्टेज, लाइटिङ, रेड कार्पेट शैली र कार्यक्रमलाई भव्य बनाउन लागिपरेको आयोजकको भनाइ छ । नेपालकै प्रतिष्ठित यो अवार्डमाथि अहिले नेपाल र कतारमा रहेका नेपाली, चलचित्रकर्मीको आँखा रहेको छ ।

प्रतिक्रिया