चलचित्रकर्मी कल्याणकोषमा झरना

Jharna-Thapa2 copyकाठमाडौं, ३० भदौ । चलचित्र विकास बोर्डले लामो समयदेखि रिक्त रहेको चलचित्रकर्मी कल्याणकोष सञ्चालक समितिमा नायिका झरना थापालाई संयोजक बनाएको छ । चलचित्र विकास बोर्डले बुधबार एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै सो कुराको जानकारी दिएको हो ।

नेपाली चलचित्रको विकास, बिस्तार र प्रवद्र्वनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नायिका थापालाई सो पदको जिम्मेवारी दिइएको छ । यस्तै, कलाकार वसुन्धरा भुसाललाई कोषको संरक्षक पदको समेत जिम्मा दिइएको बोर्डका अध्यक्ष राजकुमार राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । यो कोषले छायांकनको सिलसिलामा दुर्घटनामा परी घाइते भएका चलचित्रकर्मीहरूलाई उपचार खर्च पनि उपलब्ध गराउँदै आएको छ । यो कोषबाट धेरै चलचित्रकर्मी लाभान्वित पनि भइसकेको विकास बोर्डले जनाएको छ ।

नेपाल सरकार तथा विभिन्न चलचित्रसम्बन्धी संघसंस्था र व्यक्तिको सहयोगमा यो कोष सञ्चालन हुँदै आएको हो । यस कोषमा प्राप्त रकमलाई अक्षयकोषमा राखेर यसबाट प्राप्त ब्याजबाट चलचित्रकर्मीहरूलाई आपतविपत, बिरामी परेको समयमा सहयोग गर्दैै आइएको छ । यो कोषले चलचित्रकर्मीलाई अशक्तवृद्धी पनि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया