४ वर्षपछि फकिँदै रोज

roj_ranaकाठमाडौं, ३० भदौ । केही वर्षको निष्क्रियतापछि निर्माता तथा कलाकार रोज राणा पुनः नयाँ चलचित्र लिएर दर्शकमाझ आउने भएका छन् । ४ वर्षपछि चलचित्र निर्माण गर्न लागेका रोजले संगीतकारका रूपमा महेश खड्का अनुबन्धित गरेका छन् ।

अब महेशले चलचित्रका सबै गीतहरूमा संगीत भर्ने छन् । चलचित्रको नाम भने नखुलाइएको उक्त चलचित्रको छायांकन यसै वर्षबाट सुरु हुने बताइएको छ । नेपाली कांग्रेसको महाधिवेशनमा प्युठान क्षेत्र नम्बर २ बाट क्षेत्रीय सभापतिका लागि चुनाब लड्न रोज त्यहाँ पुगेका छन् । पहिले नायिकासँगको अफेयरदेखि चलचित्रमा डन प्रवृत्ती, विभिन्न कारणले चर्चामा आउने गरेका उनी चलचित्रमा मुख्य भूमिकामा देखिन सक्नेछन् । चलचित्र लभस्टोरी भनिएको छ । राणाले बनाएका ६ मध्ये ५ फिल्मले बक्सअफिसमा सफलताको स्वाद चाखेका थिए ।

निर्देशक भने केही दिनमा नै फाइनल हुने तय भएको यो चलचित्रमा नयाँ र पुराना कलाकारको संयोजन हुने उनले बताएका छन् । अस्ट्रेलियाली पार्टनर मिलन श्रेष्ठसँग मिलेर रोजले चलचित्र बनाउन लागेका जनाएका छन् । यसअघि बनाउने भनिएको ‘हिरोइन’ रोकेर उनी अर्को फिल्म बनाउने मनस्थितिमा रहेका हुन् । केही वर्ष अगाडि अभिनेत्री सौजन्य सुब्बाको अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएको भन्दै निर्माता रोज राणालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया