काठमाडौं । एसियाली टेनिस महासंघका विकास निर्देशक सुरेश मेनन सेप्टेम्बर १९ तारिख नेपाल आउने भएका छन् । नेपालमा जेटिआइअन्तर्गत हुने विभिन्न प्रतियोगिता र तालिम प्रभावकारी ढंगले सञ्चालन भए÷नभएको, भौतिक पूर्वाधारको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन उपयुक्त पूर्वाधार भए/नभएको बारे अवलोकन गर्न मेनन नेपाल आउन लागेको बताइएको छ । (सौस)
प्रतिक्रिया