काठमाडौं । आयोजक ग्रीनल्यान्ड र अवार्नेस इन्टरनेसनल एकेडमी(एआइए) बिहीबार दसौँ क्विक्स चिजबल ग्रिनल्यान्ड बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेका छन् ।
आयोजक ग्रिनल्यान्ड बी ले काभ्य स्कुललाई ४३–१७ ले हराउँदै समूह विजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश ग¥यो । आयोजकको जितमा विशाल सुनुवारले सर्वाधिक १२ स्कोर गरे । सोही समूहमा उपविजेता बन्दै एआइए पनि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । क्रमन मिश्रको १० स्कोरको मद्दतमा एआइएले हिमालयलाई २६–२५ ले पराजित गरेको थियो । धापासीस्थित आयोजक ग्रीनल्यान्डको कोर्टमा भएको जुनियरतर्पmको खेलमा ओडिसीले ग्रीनल्यान्डलाई २४–१० ले स्तब्ध पा¥यो । जुनियरतर्फकै खेलमा इनोभेटिभले पुष्पकुञ्जलाई २४–७ र एन्जललर्डले केएमसीलाई १९–१६ ले पराजित ग¥यो । एन्जल्सहार्टले पनि स्काइलार्कलाई ३१–२१ ले हरायो ।
प्रतिक्रिया