प्राइम र गोल्डेनगेट सेमिफाइनलमा

काठमाडौं । प्राइम कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।   प्राइमले एलआरआई कलेजलाई ५९–५४ ले पराजित ग¥यो । प्राइमको जितमा शशी पराजुलीले १९ अंक योगदान गरे । अन्तिम तथा चौथो क्वाटरमा २८–१७ को अग्रता बनाउँदै प्राइमले जितको आधार खडा गरेको थियो । तेस्रो क्वाटरको समाप्तिसम्म प्राइम ३१–३७ ले पछाडि थियो । पहिलो क्वाटरमा १२–११ को झिनो अग्रता लिएको प्राइम दोस्रोमा ४–१२ ले पछाडि रह्यो । तेस्रोमा प्राइमले १५–१४ स्कोर ग¥यो ।

गोल्डेनगेटले जेम्स कलेजलाई ६४–४१ ले हरायो । गोल्डेनगेटका खुखेन लामाले १५ अंक जोडे । गोल्डेनगेटले जेम्सलाई चारै क्वाटरमा उछिन्यो । पहिलोमा १६–१० को अग्रता बनाएको गोल्डेनगेटले अन्तिमसम्म अग्रतालाई जोगाई राख्दै क्रमशः १८–११, १५–१० र १५–१० स्कोर ग¥यो । (सौस)

प्रतिक्रिया