काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत १५औँ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका लागि ललितपुरबाट ७ खेलाडी छनोट गरेको छ । पुरुषको ५५ केजीमा नमराज लुइँटेल, ६० केजीमा रुजेश शाही, ६५ केजीमा अनिश ताम्राकार, ७० केजीमा कमल लामा, ७५ केजीमा जितबहादुर गुरुङ, ८० केजीमा अमर डंगोल तथा ८० केजीमाथि प्रनय शाही छनोट भएको संघका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् । (सौस)
प्रतिक्रिया