काठमाडौं । अखिल नेपाल लनटेनिस संघको आयोजनामा सातौँ केशा ग्रुप÷जेटिआई जुनियर खुला लनटेनिस प्रतियोगिता २९ भदौदेखि हुने भएको छ ।
यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेरसमूहमा ब्वाइज/गल्र्सको सिंगल्समा खेल हुने लनटेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्यले जनाएका छन् । १३ वर्ष पूरा गरेका र १७ वर्ष ननाघेका ब्वाइज÷गल्र्सको डबल्स पनि हुनेछ । ६ दिनसम्म सातदोबाटोस्थित टेनिस कोर्टमा हुने प्रतियोगिताको कूल पुरस्कार राशी १ लाख रुपैयाँ रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा केशा ग्रुप र सह–प्रायोजकमा माथेमा दम्पत्ती डा.वसन्त र जाना रहेका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा जुनियर टेनिस इनिसिएटिभ (जेटिआई) को प्राविधिक सहयोग रहनेछ । जुनियर टेनिस खेलाडीलाई लक्षित गरी जेटिआई परियोजना नेपालमा २००७ देखि सुरु भएको थियो । अन्तर्राष्ट्रिय टेनिस महासंघले जेटिआईलाई आर्थिक सहयोग गरेको छ ।
प्रशिक्षक बज्राचार्यका अनुसार उपत्यकाका ३ जिल्लामा विभिन्न ११ विद्यालय तथा मोफसलमा पोखरा, हेटौँडा र बुटवलमा जेटिआई परियोजना सञ्चालनमा छन् । (सौस)
प्रतिक्रिया