हैडिनको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

सिड्नी । अस्ट्रेलियाका अनुभवी विकेटकिपर एवं ब्याट्सम्यान ब्रैड हैडिनले अन्तर्राष्ट्रिय क्रिकेटबाट बुधबार सन्यासको घोषणा गरेका छन् ।

विगत २ वर्षदेखि टेस्ट टिमका कप्तानसमेत रहेका हैडिन सिड्नी सिक्सरबाट टी–ट्वान्टी क्रिकेट भने खेल्नेछन् । हैडिन भने ‘लर्ड्स टेस्टपश्चात् आपूmलाई सन्यास लिनुपर्ने महसुस भएपछि सन्यास लिएको हुँ ।’ मेरो प्रदर्शन ठिकै थियो, तथापि एसेजमा भने मैले राम्रो प्रदर्शन गर्न सकिनँ ।

अस्ट्रेलियाको बोर्डले उनलाई विवादित तरिकाले टिमबाट बाहिर राखेको थियो । पहिलो टेस्टमा औसत प्रदर्शन गरेता पनि उनलाई पारिवारिक कारण भन्दै घर पठाइएको थियो । उनले पत्रकार सम्मेलनमा अस्ट्रेलियन टिम सही दिशामा गएको प्रतिक्रिया दिए ।

३० वर्षको उमेरमा टेस्ट सुरुआत गरेका हैडिनले आफ्नो करियरमा ६६ टेस्ट खेले । विकेटको पछाडि बस्नेक्रममा उनले २ सय ७० ब्याट्सम्यानलाई पभेलियनको बाटो देखाएका थिए । (एजेन्सी)

प्रतिक्रिया