इटहरी, २२ भदौ । लगातारको बन्दका कारण दैनिकजसो शान्तिक्षेत्र घोषणा गरिएका विद्यालयहरू पनि बन्द हुन थालेपछि इटहरी उपमहानगरपालिकाका–७ निजी तथा सामुदायिक विद्यालयहरू कहिल्यै बन्द नगर्ने सहमति भएको छ ।
साबिक हाँसपोसा गाबिस हाल इटहरी उपमहानगरपालिका–२१ देखि २६ र २ मा सञ्चालित विद्यालयहरूले जुनसुकै दल वा संगठनले बन्द गरे पनि विद्यालय चलाउने निर्णय गरिएको विद्यालय शान्तिक्षेत्र समन्वय समितिका अध्यक्ष मणिराम गिरीले बताए ।
शिक्षा दिवसको अवसर पारेर मंगलबार सो समितिले तरहरा बजारमा बृहत् ¥यालीसमेत निकालेको छ । विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्वयन गरिनुपर्ने, स्तन्त्रततापूर्वक पढ्न पाउने अधिकारबाट वञ्चित गर्न नहुनेलगायतका माग राख्दै यस क्षेत्रमा सञ्चालित विद्यालयका विद्यार्थीले प्लेकार्डसहितको ¥याली निकालेका हुन् ।
झन्डै २ दर्जन बढी बिद्यालयका ३ हजार बढीको संख्यामा रहेका विद्यार्थीले आ–आप्mनो विद्यालय पोसाक एवं विद्यालयको ब्यानरमै ¥याली निकालेका थिए । ¥याली तरहराको विभिन्न बजार हुँदै सगरमाथा खेलमैदानमा गएर कोणसभामा परिणत भएको थियो । कोणसभामा समन्यव समितिका अध्यक्ष गिरी, सचिव रमेश कार्कीले बोलेका थिए ।
सचिव कार्कीले आपूmहरूले यसअघि विभिन्न समयमा विभिन्न माग राख्दै गरेको बन्द हडताललाई स्वीकार गरेर विद्यालय बन्द गरेको भए पनि अबदेखि कुनै हालतमा विद्यालय बन्द नगर्ने दाबी गरेका छन् । विद्यालयबाहेक यस क्षेत्रमा सञ्चालित व्यापार व्यवसायहरू जुनसुकै दल वा संगठनले बन्द आह्वान गरे पनि बन्द निषेधित घोषणा गरिएको कारण बन्द हुने गरेको छैन ।
प्रतिक्रिया