साक्षरता दिवसमा प्रभातफेरी

prabhat_fereeकाठमाडौं, २२ भदौ । राष्ट्रिय साक्षरता दिवसको अवसरमा नमुना महिला विद्यालयले प्रभात फेरी निकालेको छ ।

‘पढ्नलाई उमेरले छेक्दैन्’ भन्ने मूल नारासहित विद्यालयले सामुदायिक अध्ययन केन्द्र नयाँ बजार, अक्सफोर्ड उच्च माविलगायत शैक्षिक संस्थाको सहयोगमा प्रभात फेरी निकालेकोे हो ।

विद्यालय प्रांगण नयाँबजारबाट सुरु भएको ¥याली मेडिकल चोक, फलपूmल चोक, सोह्रखुट्टे, बालाजु चोक हुँदै पुनः विद्यालयमा नै पुगेर समापन भएको थियो ।

‘¥यालीमा शिक्षित नारी हाम्रो चिनारी ।’ ‘शिक्षा नै जीवनको ज्योति हो ।’ जस्ता नारासहितको प्लेकार्ड बोकेका विद्यार्थी, शिक्षक तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

विद्यालयकी प्रधानाध्यापक कौशिला रिसालले साक्षरता दिवसको अवसर पारेर विभिन्न कारणले समयमा नै विद्यालय जान नपाएका महिलाका लागि विद्यालय सञ्चालन गरिएको बताइन् ।

साथै रिसालले पढ्न उमेरले नछेक्ने भन्दै १४ वर्षमाथिका विद्यालयजानबाट वञ्चित भएका महिलालाई विद्यालय आउन आग्रह गर्दै शिक्षालाई निरन्तता दिन आग्रह गरिन् । नमुना महिला विद्यालयमा एक सय ७० जना १४ वर्षमाथिका महिलाले अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया