अवज्ञा गर्नेलाई मोर्चाको चेतावनी

वीरगञ्ज, २२ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साको मंगलबार वीरगञ्जमा बसेको बैठकले विभिन्न पाँच सूत्रीय निर्णय गर्दै जारी अनिश्चितकालीन बन्दको अवज्ञा गर्ने उपर आक्रोशित जनताले कारबाही गरे जिम्मेवार नहुने जनाएको छ । मधेसी जनताका अधिकारका लागि युवाले अफ्नो प्राणको बलिदानी गरिरहँदा बन्दको अवज्ञा गरे आन्दोलनको अपमान हुने मोर्चाको ठहर छ ।

पर्साका ५ र बराको १ गरी ६ जना आन्दोलनमा मारिएका युवाको परिवालाई जनही २० हजार रुपैयाँ आर्थिक सहयोग दिने र आन्दोलनका क्रममा घाइते भएकाको परिवारलाई भेटी आवश्यक सहयोग गर्न समिति गठनको निर्णय भएको छ ।

त्यस्तै, पर्साको हरपतगन्जमा बुधबार जनजागरणसभा आयोजना गर्ने, सहिदप्रति सम्मान प्रकट गर्दै मुन्डन गराउन मोर्चामा आबद्ध दलका नेता कार्यकर्तालाई निर्देशन र जनतालाई आग्रह गरिएको मोर्चाका नेता संघीय समजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।

बन्दलाई अवज्ञा गर्दै सञ्चाल गरिएको उद्योग, बैंक तथा वितीय संस्था, यातायात, सरकारी तथा  गैरसरकारी संस्थालाई अविलम्ब बन्द गर्न अपिल गरिएको छ । मधेसी जनताको अधिकारका लागि आप्mनो प्राणको बलिदानी दिने ६ जना युवाको सहातदलाई अपमानित गर्दै वीरगञ्ज भन्सार र सुख्खा बन्दरगाहमा कार्यरत एजेन्टले काम गरेको जानकारी छ,’ यादवले भने । मोर्चाका पर्सा संयोजक पुरुषोत्तम झाको अध्यक्षतामा बसेके बैठकमा सद्भावना पार्टीका सहअध्यक्ष सभासद् लक्षमणलाल कर्ण, केन्द्रीय सदस्य नेजामुद्दीन समानी, तमसपाका जिल्ला अध्यक्ष प्रेमचन्द्र साहलगायत उपस्थित थिए ।

प्रतिक्रिया