जर्मनी र पोर्चुगल युरोकपको छनोटनजिक

eurocupग्लास्को, २२ भदौ । विश्वविजेता जर्मनी अर्काे वर्ष फ्रान्समा हुने युरोकप फुटबलको छनोट नजिक पुगेको छ । पोर्चुगल पनि छनोट नजिक पुगेको छ ।

‘समूह डी’ अन्र्तगत सोमबार राती स्कटल्यान्डको घरेलु मैदानमा जर्मनीले स्कटल्यान्डलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ ले पराजित गर्दै युरोकपको छनोट नजिक पुगेको हो । जर्मनीले समूह चरणमा २ खेल खेल्न बाँकी छ । अब जर्मनीलाई छनोट हुन समूह चरणको २ खेलमध्ये १ खेल जिते पनि पर्याप्त हुनेछ । पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो ।

जर्मनीलाई गोल गर्न १८औँ मिनेटसम्म कुर्नुपरेको थियो । १८औँ मिनेटमा बायर्नका फरवार्ड थोमस मुलरले टोनी क्रुसको कर्नरमा विपक्षी २ डिफेन्डरको गल्तीको फाइदा उठाउँदै मुलरले गोल गर्दै विश्व विजेतालाई सुरुआती अग्रता दिलाए । तर, जर्मनीको अग्रता १० मिनेट पनि टिकेन ।

सावन मालोनीको फ्री–किक बलमा म्याट ह्यामेल्सले क्लियर गर्न खोज्दा बलले आफ्नै पोस्टमा जाली चुम्दा घरेलु टोलीले खेललाई बराबरीमा ल्याए । ३४औँ मिनेटमा थोमस मुलरले हेडमार्पmत गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलायो । आफ्नो शैलीमा उत्कृष्ट खेल पस्के पनि ४३औँ मिनेटमा जर्मनीले गोल खान पुग्यो । ४३औँ मिनेटमा जेम्स माकर्थुरले स्कटल्यान्डका लागि बराबरी गोल फर्काए । त्यसपछि गोल हुन नसक्दा पहिलो हाफ २–२ गोलको बराबरीमा सकियो । दोस्रो हाफको सुरुबाट नै उत्कृष्ट खेल खेलेको जर्मनीले ५०औँ मिनेटमा गोल गरेको थियो । तर, मारियो गोट्जेको उक्त गोललाई रेफ्रीले अफसाइडको संज्ञा दिए । त्यसको ४ मिनेटपछि नै मुलरको पासका गुन्डुगानले गोल गर्दै जर्मनीलाई पुनः अग्रता दिलाए । एक गोलले पछि परेपछि घरेलु टोली स्कटल्यान्डले पनि गोलको मौका सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । जर्मनीले पनि पाएका केही मौकाहरूमा गोल गर्न नसक्दा गुन्डुगानको गोल नै निर्णायक बन्यो । पराजित भएको स्कटल्यान्ड तेस्रो स्थानमा छ । अर्काे महिना आयरल्यान्डविरुद्वको खेलमा जित निकाल्न सके स्कटल्यान्डले प्लेअफ खेल्ने मौका पाउनेछ । यस्तै ‘समूह डी’ कै अर्काे खेलमा पोल्यान्डले जिब्रल्टारलाई ८–१ को फराकिलो अन्तरले पराजित गर्दै छनोट हुने सम्भावना बलियो बनाएको छ । पोल्यान्डको जितमा रोबर्ट लिवान्डोस्की, मिलिक र ग्रोसिकीले समान २–२ गरे । यस्तै ब्लाज्नियस्की र कपुस्काले समान १–१ गोल गरे । जिब्रल्टारका गोसलिङले सान्त्वना १ गोल फर्काए । गणतन्त्र आयरल्यान्डले जर्जियालाई १–० ले पराजित ग¥यो ।

यस्तै, सोमबार राती नै भएको अर्काे खेलमा पोर्चुगलले अल्बानियालाई १–० ले पराजित गर्दै समूह ‘आई’ मा आफ्नो शीर्षतालाई थप बलियो बनाएको छ । प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम समयमा मिगुइल भेलेसोले गोल गर्दै पोर्चुगललाई महत्वपूर्ण जित दिलाए । यही समूहको अर्को खेलमा डेनमार्क र अर्मेनियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

डेनमार्क र अर्मेनियाले गोलरहित बराबरी खेलेपछि दुवै टोलीले प्रतियोगिताको लागि छनोट हुने सम्भावना कायम राखेका छन् । पोर्चुगल ८ खेलबाट १५ अंकसहित शीर्षस्थानमा छ । १ खेल बढी खेलेको डेनमार्क १२ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको अल्बानियाको ११ अंक छ । ‘समूह एफ’ को खेलमा उत्तरी आयरल्यान्डले हंगेरीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । फिनल्यान्डले फारो आइल्यान्डलाई १–० ले पराजित गरेसँगै ‘समूह ए’ बाट फिनल्यान्डले प्रतियोतिगामा छनोट हुने सम्भावना बलियो बनाएको छ । यस्तै ग्रीस र रोमानियाले गोलरहित बराबरी खेले । युरोकप लागि आयोजक फ्रान्ससहित इंग्ल्यान्ड, आइसल्यान्ड र चेक गणतन्त्रले स्थान सुरक्षित गरिसकेका छन् ।

प्रतिक्रिया