एसियन चेस फेडेरेसनको नेपाललाई उत्कृष्ट अवार्ड

Excellency award  to chessकाठमाडौं, २२ भदौ । नेपाल बुद्धिचाल संघलाई उत्कृष्ट अवार्ड प्रदान गरेको छ । गत वर्षभरिमा एसियन मुलुकहरूको तुलनामा उत्कृष्ट खेल तथा चेस खेलको विकासमा सक्रियता देखाएको भन्दै एसियन चेस फेडेरेसनले नेपाललाई उत्कृष्ट अवार्ड प्रदान गरेको हो ।

युएईको अबुधावीको नोभोटेल अल बुस्तान होटलमा एक समारोहबीचमा सो अवार्ड विश्व बुद्धिचाल संघका अध्यक्ष किर्सान इलुम झिनोभले नेपाल खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट तथा नेपाल चेस एसोसिएसनका अध्यक्ष राजेश हरि जोशीलाई प्रदान गरेका थिए ।

एसियन चेस फेडेरेसनले हरेक वर्ष चेस खेलका विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । यसपटक नेपालले चेसखेलमा उत्कृष्ट प्रदर्शनसहित राम्रो सक्रियता देखाएको भन्दै फेडेरेसनले नेपाललाई सो अवार्ड प्रदान गर्न लागेको नेपाल चेस एसोसिएसनका अध्यक्ष राजेश हरि जोशीले जानकारी दिए ।

प्रतिक्रिया