काठमाडौं, २२ भदौं । ढोरपाटन ब्लु स्काई कप डबल महिला लिग भलिबलको ११औँ संस्करण पुस ४ देखि १८ गतेसम्म हुने भएको छ ।
नयाँ वर्ष पार्कमा हुने प्रतियोगितामा १२ टिमले भाग लिने आयोजक ढोरपाटन स्पोर्टस् टे«निङ क्लबले मंगलबार त्रिपुरेश्वरमा भएको पत्रकार सम्मेलनमा जानकारी गरायो ।
ढोरपाटन स्पोर्टस् टे«निङ क्लबका अध्यक्ष मनवीर छन्त्यालले प्रतियोगितामा यसपटक महिन्द्राको ४ स्कुटर खेलाडीले पुरस्कार रूपमा प्रदान गर्ने बताएका छन् । महिला डबल लिग भलिबलको ११औँ संस्करणमा उत्कृष्ट खेलाडी, वर्ष खेलाडी, प्रतिभावान खेलाडी र प्लेयर अफ द सिरिजलाई महिन्द्राको स्कुटर पुरस्कार दिइने कम्पनीका रिजनल सेल्स मेनेजर सुरेश रायमाझीले बताए ।
हिम रश्मी हाइस्कुल मनमैजुको सहप्रायोजनमा सञ्चालन हुने प्रतियोगिताको पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङले ढोरपाटन भलिबलले नेपाली भलिबल विकासमा योगदान पु¥याउँदै आएको बताए ।
प्रतियोगिताका सम्पन्न गर्नका लागि विभिन्न १९ समिति गठन गरिएको छ । जसमा प्याराफिटमा किरण घायल, प्रचारप्रसारमा देवेन्द्र घर्ती, ब्यानर व्यवस्थापनमा होम खड्का, पुरस्कारमा जुनु पुन, रेफ्रीमा कुलबहादुर गुरुङ, ग्राउन्डमा कोपिला पुनलगायतका छन् ।
११औँ संस्करणको विजेताले २ लाख ६० हजार, उपविजेताले १ लाख ३० हजार, तेस्रोले ७० हजार र चौथोले ४० हजार रुपैयाँ, पाँचौँले ३० हजार, छैठौँले २० हजार र सातौँ स्थानमा रहने टोलीले १० हजार प्राप्त गरिने बताइएको छ ।
११औँ संस्करण एपिएफ, न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ पोखरा, नेपाल आर्मी क्लब, चण्डेश्वरी युवा क्लब, ढोरपाटन स्पोर्टस् प्रशिक्षण, नेपाल छन्त्याल संघ, नेपाल कलाकार टिम काठमाडौं, एन्जल्स हर्ट उच्च मावि काठमाडौं, विन्ध्यावासिनी हाइस्कुल टोखा र होटल व्यवसायी टिमले खेल्ने पक्का भइसकेको छ ।
प्रतियोगितामा उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्स, लिफ्टर, लिब्रो र सर्भरले जनही ५ हजार पाउनेछन् । यसैगरी प्रशिक्षक र व्यवस्थापकलाई जनही ५ हजार प्रदान गरिनेछ । नयाँ बसपार्कमा हुने प्रतियोगिता हेर्नको लागि पहिलो चरणमा प्रतिव्यक्ति १ सय रुपैयाँ र दोस्रो चरणको फाइनल हेर्न २ सय ४० रुपैयाँ पर्ने टिकट बिक्री गर्ने बताइएको छ ।
प्रतिक्रिया