काठमाडौं । ग्रिनल्यान्ड र पोलिफिक स्कुलले दसौँ क्विईक्स चिजबल ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता मंगलबार विजयी सुरुआत गरेका छन् । सिनियर ब्वाइजको खेलमा आयोजकको ‘ए’ टिम र ‘बी’ टिमले सफलता हात पारेका छन् ।
आयोजक एले गोल्डेनपिकलाई ५३–२९ ले हराउँदा रुपेश खड्का र अभियस खड्काले समान १४ स्कोरको योगदान दिएका थिए । आमोल आचार्यको ११ स्कोरको सहयोगले आयोजक ‘बी’ले त्रिज्योतिलाई ३७–१७ ले हरायो । जुनियरतर्फ भने आयोजक ग्रिनल्यान्डले सेब स्कुलबाट पराजय बेहोरेको छ । सेबले ग्रिनल्यान्डलाई १४–१२ ले रोक्दा रेन्जिङ गुरुङले ७ स्कोर गरेका थिए ।
सिनियरतर्फ पोलिफिकले फेरिल्यान्डलाई ५२–२७ ले हराउँदा सुजन बस्नेतले १४ स्कोर गरे । सिनियरमै भ्याली पब्लिकले सेबलाई ५०–२५ ले हराउँदा विक्रम बानियाँ र निश्चल मल्लले समान १७ स्कोरको योगदान दिएका थिए ।
जुनियरतर्फको खेलमा गोल्डेनपिकले भ्यालीपब्लिकलाई १९–१४ ले हराउँदा अभियान पब्लिकले नेपाल मेडललाई २१–१४ ले रोक्यो । असोज १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन काठमाडौं प्याप्सनका अध्यक्ष एवं आयोजक स्कुलका प्रिन्सिपल थकिनकुमार गुरुङ, प्रतियोगिता संयोजक बिनोद घिमिरे(बिजी सर) ले संयुक्त रूपमा गरेका थिए । सो अवसरमा प्रतियोगिताका प्राविधिक संयोजक पूर्ण न्यौपाने, गोल्डेनपी स्कुलका प्रिन्सिपल छत्र राईलगायतको उपस्थिति रहेको थियो । (सौस)
प्रतिक्रिया