नीरजको उत्कृष्ट प्रदर्शन जारी

काठमाडौं । बुरुनाईमा जारी एसियन एमेच्योर चेस च्याम्पियनसिपमा नेपालका भूपेन्द्र निरौलाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

उनले दोस्रो चरणको खेलमा श्रीलंकाली खेलाडी त्रिपुरा मनासिंगेलाई पराजित गर्न सफल भएका थिए भने तेस्रो चरणको खेलमा उब्जेकिस्तानका दलेर भाकिडोभसँग बराबरी खेली अंक बाँडेका थिए । भूपेन्द्रले ३ खेलमा साढे २ अंक जोडेका छन् ।

त्यसैगरी धरमबहादुरले तेस्रो चरण खेलमा मलेसियाका कमल मोहम्मदलाई पराजित गरी २ अंक प्राप्त गरे । उनी दोस्रो चरणको खेलमा सिंगापुरका मिङ चाउसँग हारे । (सौस)

प्रतिक्रिया