अजित र भूमि पहिलो

काठमाडौं । उपत्यकाव्यापी विद्यालयस्तरीय सडक दौड प्रतियोगिताको छात्रमा अजितकुमार यादव र छात्रामा भूमि बूढा मगर मंगलबार पहिलो भएका छन् ।

शिक्षा मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप­) द्वारा संयुक्त आयोजित प्रतियोगिताअन्तर्गत निर्धारित ५ किलोमिटर दुरी अजितले १७ मिनेट ४२.१ सेकेन्डमा पूरा गरे । अनुप खनाल (१७ मिनेट ४६.९) दोस्रो तथा खडक बूढा मगर (१७ मिनेट ५२.८ सेकेन्ड) तेस्रो भए ।

छात्राको ३ किलोमिटर दुरी भूमिले १४ मिनेट १४ सेकेन्डमा तय गरिन् । शर्मिला क्षेत्री (१४.३० सेकेन्ड) दोस्रो र सुनिता श्रेष्ठ (१४ मिनेट ५२ सेकेन्ड) तेस्रो बने ।

शिक्षा दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगिताको दुवै समूहमा शीर्ष ३ स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजारका दरले नगद पुरस्कार हात पारे । चौथोदेखि दसौँ स्थानमा रहनेले पनि नगद पुरस्कार पाए ।

विजेतालाई शिक्षामन्त्री चित्रलेखा यादवलगायतले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिएको थियो । (सौस)

प्रतिक्रिया