पोखरा, २२ भदौ । कास्की जिल्ला टेनिस संघका सदस्य एवं अग्रज टेनिस खेलाडी शान्तामान श्रेष्ठद्वारा आयोजित दोस्रो पोखरा ओपन टेनिस प्रतियोगिता पोखरा रंगशालामा जारी रहेको छ ।
प्रतियोगिताअन्तर्गत मंगलबार मेन्स सिंगल्सतर्फ प्रतियोगिताका दावेदार मानिएका अनिल शाही र शक्ति शर्मा दुवैले आ–आफ्नो प्रतिस्पर्धामा जित हासिल गरेका छन् । अनीलले गोपीबहादुर भट्टराईलाई ६–४, ६–२ ले तथा शक्तिले शंकर कार्कीलाई ६–१, ६–३ को सोझो सेटमा पराजित गर्दै अगाडी बढे ।
मेन्स सिंगल्सकै ‘बी’ तर्फ नारायण पहारीले दिल गौतमलाई ६–०, ६–१ ले, नविन श्रेष्ठले मिकाश गुरुङलाई ६–०, ६–३ ले, हर्क गुरुङले विनोद नेपालीलाई ६–०, ६–२ ले तथा सुनील श्रेष्ठले सुरेश श्रेष्ठलाई ६–३, १–६ र सुपरटाइमा १०–८ ले तथा चन्द्र लामाले सुजित थापालाई ६–२, ६–३ ले पराजित गरे । मेन्स डबल्सको सिनियरतर्फ शान्तामान श्रेष्ठ र पदम गुरुङको जोडीलाई राजन विजुक्छे र नवीन चालिसेको जोडीले ६–३, ६–३ को सेटमा पराजित गरे भने अीनल तुलाचन र राजन पौडलको जोडीले लोक गुरुङ र सूर्य भुजेलको जोडीलाई ६–३, ६–४ मा पराजित गरे ।
चन्द्र लामा र विरेन लामाको जोडीले राजेन्द्रप्रसाद घिमिरे र मिकास गुरुङको जोडीमाथि ६–१, ६–२ को नतिजा निकाले ।
डबल्सको ‘बी’ क्याटोगोरीतर्पm नवीन मगर र राजु गुरुङको जोडीले रितु गुरुङ र प्रिति बरालको जोडीलाई ६–२, ६–३ ले पराजित गरे भने मेन्स सिंगल्सतर्फ नीरज थापा र धरमबहादुुर लामिछानेबीचको खेल वर्षाका कारण पूरा हुन सकेन । प्रतियोतिगामा बुधबार पनि विभिन्न इभेन्टमा प्रतिस्पर्धा हुने प्रकाश रानाले जानकारी दिए ।
प्रतिक्रिया