एमाओवादीले आफ्नै पार्टी नेतृत्वलाई गद्दार भने

जनकपुर धाम, २१ भदौ । नेपालमा गाइजात्रा पर्वलाई ठट्यौली पर्वको रूपमा मनाइन्छ । गाइजात्रा भक्खर सकिएको भए पनि एमाओवादीमा यति बेला चरम गाइजात्रा सुरु भएको छ । त्यो दृश्य मधेसमा अझ प्रस्ट रूपमा देखिएको छ ।

धनुषा जिल्लामा एमाओवादी पार्टीमा गाइजात्रा लागेको सहजै देख्न सकिन्छ । एकातिर एमाओवादीको अगुवाइमा कार्यक्रम भइरहँदा अर्कोतर्फ सोही पार्टीका केन्द्रीय सदस्य श्रवण यादव र भरतप्रसाद साहलगायतका नेताहरू आफ्नै पार्टीलाई सत्तोसराप गर्दै पार्टीकै भण्डाफोर गर्दै हिँडेका छन् । यिनीहरूले प्रचण्ड मधेसका होइनन् भनेर प्रचण्डलाई गद्दारसमेत घोषणा गरेका छन् ।

साना दल नेपाल सद्भावना पार्टी र मातृका नेतृत्वको माओवादीको अगुवाइमा रहेको सो मोर्चाले जनकपुरमा आयोजना गरेको कार्यक्रममा एमाओवादी पार्टीलाई प्रतिक्रान्तिकारीको नाइकेको रूपमा चित्रण गरिएको थियो । उनीहरूले ‘यी कांग्रेस–एमाले–एमाओवादी पार्टी भनेका दलाल र यथास्थितिवादी पार्टी हुन् ।’

पुनर्गठित नेकपा (माओवादी)का केन्द्रीय संयोजक मातृकाप्रसाद यादवले सोही कार्यक्रममा मधेस अधिकारका लागि सम्पूर्ण मधेसी एकताबद्ध भई अन्तिम निर्णायक संघर्ष गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया