विराटनगर, २१ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आन्दोलनको थालनी गर्ने घोषणा गरेका छन् ।
सोमबार मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरिएको शक्ति प्रदर्शनपछि इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै आन्दोलनको थालनी गर्ने घोषणा गरेका हुन् । मधेस बन्द रहेकै बेला सयौंको संख्यामा मोटरसाइकलमा विमानस्थल पुगेका कार्यकर्ताले गच्छदारलाई फूलमाला लगाएर नाराबाजी गर्दै विमानस्थलदेखि महेन्द्र चोकसम्म पु¥याए । नाराबाजीका क्रममा गच्छदारका समर्थकले मधेसी–जनजाति–मुस्लिम एक हौँ भन्ने नारा लगाएका थिए । उनीहरूले सामान्य रूपमा खुलेका पसलसमेत बन्द गराएका थिए ।
पत्रकारसँग विमानस्थलमै कुरा गर्दै गच्छदारले मंगलबार बस्ने संविधानसभा बैठकमा आप्mनो असहमति राख्ने र दलबीच अधिकतम सहमति गरेर भए पनि संविधानसभाबाटै मुलुकलाई संविधान दिनुपर्ने बताए ।
मधेसी, आदिवासी, जनजाति, थारूलगायतको माग सम्बोधन नगरी संविधान जारी गरिए मुलुक मुठभेडतर्फ जाने गच्छदारले चेतावनी दिएका छन् । सात प्रदेशको सीमांकनमा असहमति राख्दै आएका गच्छदारले आन्दोलनरत सबै दल र समूहको माग सम्बोधन गर्न ८ प्रदेश बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया