थाइल्यान्डमा नेपाली खेलाडीको सफलता

tennis photo copyकाठमाडौं । थाइल्यान्डमा हाइपर्फमेन्स टेनिस प्रशिक्षण लिइरहेका नेपाली खेलाडीले त्यहाँ जारी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । थाइल्यान्डमा भएको अयोध्याय स्पोर्ट्स टेनिस फेस्टिबलमा नेपाली युथ खेलाडीले सनसनीपूर्ण प्रदर्शन गरेका हुन् ।

थाइल्यान्ड, लाओस, नेपाल, इरान, भारत र कम्बोडियाका खेलाडीको सहभागिता रहेको प्रतियोगिताअन्तर्गत ब्वाइज यु–१० स्पर्धामा नेपालका आर्यन गिरीले पहिलो स्थान हात पारे । ब्वाइज यु–१२ मा पनि नेपालका सम्यकभूषण बज्राचार्यले पनि पहिलो स्थान हात पारे । आर्यन यू–१२ को स्पर्धामा पनि तेस्रो हुन सफल भए ।

प्रशिक्षक सूर्यभूषण बज्राचार्यका अनुसार गल्र्स यु–१२ मा सलोनी तामाङले दोस्रो स्थान हात पारिन् । ब्वाइज यु–१४ मा सम्यकले तेस्रो स्थान पाए । गल्र्स यु–१० मा नेपालकी इसाश्री शाह तेस्र्रो भइन् । नेपालले पछिल्लो एक वर्ष युथ टेनिसमा एकपछि अर्को महत्वपूर्ण सफलता पाउँदै आएको छ । यसअघि यु–१४ मा संरक्षक भूषण र यु–१६ मा सक्षम कार्कीका साथै गल्र्स स्पर्धामा एनी माथेमा र इरा राउतले पनि एसियाली स्तरमै महत्वपूर्ण सफलता पाइसकेका छन् । (सौस)

प्रतिक्रिया