अमेरिकी ओपनको क्वाटरफाइनलमा दिदीबहिनी भिड्ने

serena_venusन्युयोर्क । अमेरिकामा जारी अमेरिकी ओपन टेनिसको क्वाटरफाइनलमा सेरेना विलियम्स र विनस भिड्ने भएकी छिन् । पुरुष एकलतर्फ स्पेनका फेलिसियानो लोपेज, फ्रान्सका जो विल्फ्रेड सोंग र क्रोसियाका मारिन सिलिक पनि अमेरिकी ओपनको क्वाटरफाइनलमा प्रवेश गरे । सर्वियाका स्टार खेलाडी नोवाक जोकोविक पनि लगातार नवौँपटक क्वाटरफाइनलमा प्रवेश गरे ।

यसअघि पनि यी दुईबीच २६ पटक भिडन्त भइसकेको छ । जसमा सेरेनाले १५ पटक विजय हात पारिन् भने विनसले ११ पटक बाजी मारिन् । सेरनाले महिला एकलतर्फ आफ्नै देशकी मेडिसन किजलाई हराउँदै आफ्नै दिदीसँग क्वाटरफाइनलमा खेल्ने भएकी हुन् । उनीले किजलाई ६–३ र ६–३ को सेटमा पराजित गरिन् ।

विनसले इस्टोनियाकी एनेट कोंटावेटलाई ६–२ र ६–१ हराउँदै सेरेनासँगको भेट पक्का गरेकी हुन् । इटालीकी २३औँ वरीयताकी रोबार्टा विंसीले पनि क्यानाडाकी इयुजिन बुचार्डद्वारा बाइ पाउँदै अन्तिम प्रवेश गर्न सफल रहिन् ।

१८औँ विश्व वरीयताका लोपेजले इटलीका फाबियो फोगनिनीलाई ६–३, ७–६(७–६) र ६–१ को सेटमा पराजित गरे । तेस्रो चरणको खेलमा स्पेनका दिग्ज राफेल नाडाललाई हराएका फोगनिनी चौथो चरणमा भने पराजित हुन पुगे । १९औँ वरीयताका त्सोंगले फ्रान्सका गैरवरीय बेनोइट पियरेलाई ६–४, ६–३ र ६–४ तथा सिलिकले २७औँ वरीयताका खेलाडी जेरेमी चार्डीलाई ६–३, २–६, ७–६(७–२) र ६–१ को कठिन सेटमा पराजित गरे । (एजेन्सी)

प्रतिक्रिया