काठमाडौं । मध्यपुर युथ एसोसियसन र मर्सी कोरको संयुक्त आयोजनामा २ दिने राष्ट्रिय युवा भेला तथा स्पोटर््स फेस्टिबल सञ्चालन हुने भएको छ ।
उक्त २ दिने भेलामा मिक्स फुटबल प्रतियोगिता, फुटबल फेस्टिभल र स्किल सो, फोटो प्रदर्शनी, हाजिरीजवाफ, सडक नाटक, भिडियो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनीलगायत कार्यक्रमको आयोजना हुनेछ । भदौ २४ र २५ मा उक्त ज्याम्बोरीको आयोजना हुनेछन् भने त्यसअघि २२ र २३ मा प्रि ज्याम्बोरी हुनेछन् ।
यस भेला तथा स्पोर्ट्स फेस्टिबलमा तराईका बाढी प्रभावित क्षेत्र, पहाडका भूकम्प प्रभावित क्षेत्र र दुर्गम जिल्लाका युवा, सर्वसाधारण तथा प्रशिक्षकहरू छनोट गरी कुल १ सयको सहभागिता गराइने आयोजकले जनाएको छ । कार्यक्रमको लागत कुल ६ लाख ५० हजार रहेको कार्यक्रममा विभिन्न जिल्लाका फुटबल संघको सहभागिता रहेको आयोजकले बताएको छ ।
अन्तर्राष्ट्रिय संस्था सुप्रिम कमिटी फर डेलिभरी एन्ड लेगेसीले राइट टु प्लेको सहायताबाट युवा तथा प्रशिक्षकहरूलाई फुटबलको माध्यमबाट समाज, समुदाय र राष्ट्रलाई सचेतना जगाउने उद्देश्यका साथ भेला आयोजना गरिएको मर्सी फोरका प्रबन्धक नवीन लामिछानेले बताए ।
उक्त भेलाको दौरान हुने मिक्स फुटबल प्रतियोगितामा यू–१४ उमेर समूहको खेलको एक टिममा ८ महिला र ८ पुरुष गरी कुल १६ खेलाडी रहने मध्यपुर युथ एसोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले जनाए । (सौस)
प्रतिक्रिया