भ्यालीपब्लिक र न्युभिजन उपाधि नजिक

काठमाडौं । भ्यालीपब्लिक र न्युभिजन स्कुल १५औँ वल्सन हुप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा शनिवार उपाधि नजिक पुगेका छन् । सिनियर गल्र्सको सेमिफाइनलमा भ्यालीपब्लिकले एचएचसीएलाई २९–२४ ले हराउँदा सुष्मा गौतमले सर्वाधिक ९ स्कोर गरिन् । दोस्रो सेमिफाइनलमा न्युभिजनले श्रीदिवालाई ३१–२४ ले हराउँदा लक्ष्मी चौधरीले सर्वाधिक १६ स्कोर गरेकी थिइन् ।

सिनियर ब्वाइजमा दीपेन्द्र भण्डारीको सर्वाधिक २२ स्कोरको मद्दतमा नेरिकले बुद्ध एकेडेमीलाई ६५–६० ले हराउँदै फाइनलमा बाबासँग भेट पक्का ग¥यो । जुनियरतर्फको सेमिफाइनलमा नेरिकले बाबालाई ४०–३० ले हराउँदा किरण पन्थले सर्वाधिक २६ स्कोर गरे । दोस्रो सेमीमा ग्रिन्डफिल्डले रुपिजलाई ३६–७ ले हराउँदा राज लामाले १९ स्कोर गरे । बाफलस्थित आयोजक स्कुलको कोर्टमा भएको स्टाफतर्फको खेल महामञ्जुश्री र बाबा फाइनल प्रवेश गरेका छन् । फाइनल खेल आइतबार हुनेछ । (सौस)

प्रतिक्रिया