दीक्षा र उपेनलाई स्वर्ण

काठमाडौं । एभिएमकी दीक्षा तामाङ र ज्ञालेक्सीका उपेन पराजुली १०औँ हरेराम जोशी स्मृति खुल्ला टेबल टेनिसमा स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् । शुक्रबारबाट सुरु भएको प्रतियोगिताको छात्रा १६ वर्षमुनिको प्रतिस्पर्धामा दीक्षाले सिसिआरसीकी सोनु थापा मगरलाई ११–६, ११–५ र ११–९ को सोझो सेटमा पराजित गर्दै स्वर्णमा कब्जा जमाइन् । एभिएमकी लसता महर्जन र ज्ञान मन्दिर स्कुलकी अनुस्का प्रसार्इंले कास्यपदक प्राप्त गरे ।

सोही स्पर्धाको छात्रतर्पm प्राइम कलेजका स्यान्टु श्रेष्ठ र एभिएमका रितिज जोशी फाइनलमा भिड्ने भएका छन् । स्यान्टुले एभिएमका सुधाकर खत्रीलाई ११–७, ७–११, ११–३ र ११–६ले र रितिजले एभिएमकै विजय तामाङलाई ११–५, ११–६ र ११–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाए ।

दुई दिने प्रतियोगिताको यु–१२ छात्रतर्फको प्रतिस्पर्धामा ज्ञालेक्सी पब्लिक स्कुलका उपेन पराजुलीले एभिएमका संजोग कपालीलाई ११–४, ११–८ र ११–९ले पराजित गर्दै स्वर्णमा आप्mनो नाम लेखाए । प्रिज्मा इंग्लिस बोर्डिङ स्कुलका मदन तामाङ र एभरेस्ट इंग्लिस स्कुलका विश्वप मधुकर्मी तेस्रो स्थान प्राप्त गर्न सफल भए ।

सोही स्पर्धाको छात्रातर्पm प्रभात इंग्लिस स्कुल भक्तपुरकी अञ्जु सुवाल र विजेश्वरीकी दुर्गा राजभण्डारी फाइनलमा प्रवेश गरेका छन् । पुरुष एकल खुलातर्फ र भेट्रान्सतर्पmका खेलहरू शनिबार हुने कार्यक्रम रहेको आयोजकले जनाएका छन् । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहेको छ । (सौस)

प्रतिक्रिया