सिटिभी मोबाइल मिस प्लस टु–२०१५ हुने

Miss Plus 2 Group Photo 1काठमाडौं, १७ भदौ । बन्दना कला केन्द्र काठमाडौंले सिटिभी मोबाइल मिस प्लस टु–२०१५ आयोजाना गर्ने भएको छ । कक्षा ११ र १२ मा अध्ययनरत १२ जना छात्राको सहभागिता रहेको सो कार्यक्रमको तयारी भइरहेको आयोजकले जनाएको छ ।

आफ्नो प्रतिभाको प्रस्फुटन गर्न विभिन्न कलेजमा अध्ययन गर्दै आएका छात्रा अंकिता शाह, सुरक्षा कुँवर, जयमाला तामाङ, सन्ध्या देउला, विद्योता दाहाल, आविदा दाहाल, डिजिना डंगोल, कृति पौडेल, पुजा लामा, आयुषा मान्धर, गुर्मित कुँँवर र काजल शाही सहभागी छन् ।

सहभागीलाई नुवाकोटको ककनी पु¥याएर फोटो सुट गराइसकिएको ग्यामर नेपाल डटकका प्रबन्ध निर्देशक कमल श्रेष्ठले जनाएका छन् । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष डिनेश डिसीले उनीहरूलाई एकदिने व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिएका छन् । यसैगरी, बन्द प्रशिक्षणमा रहेका उनीहरूलाई विशिष्ट व्यक्तिबाट पनि व्यक्तित्व विकाससम्बन्धी कक्षाहरू दिइने केन्द्रका निर्देशक अर्पण राईले जानकारी दिए । उनीहरूलाई आगामी शनिबार शैक्षिक भ्रमणका लागि सिन्धुलीगढी लगिने योजना छ । अर्को हप्ताको शनिबार ट्यालेन्ट सो देखाउँदै पहिलो चरणको प्रतिस्पर्धामा उतार्न लागिएको राईले बताए । कार्यक्रमको अन्तिम प्रतिस्पर्धा भने आगामी ७ असोज बिहीबार राष्ट्रिय नाच घरमा सम्पन्न हुने भएको छ । कायक्रमको कोरियो ग्राफी किरात बिन्द्रले गरिरहेका छन् ।

प्रतिक्रिया