नयाँ गीतको तयारीमा मिङ्स

mings_lamaकाठमाडौं, १५ भदौ । ‘च्याङबा हो नाचौँ’ गीतले चर्चा बटुलेकी गायिका मिङस् लामाको नयाँ गीत बजारमा आउने भएको छ । उनले हालै ‘तिमी मेरो पहिलो माया’ बोलको युगल गीत गाएकी छिन् । आफ्नै शब्द तथा संगीत रहेको गीतमा उनलाई गायनमा गायक सुरज श्रेष्ठले साथ दिएका छन् ।

गीतको भिडियोसमेत तयार भइसकेको मिङसले बताइन् । उनले अबको एक हप्तामा भिडियो सार्वजनिक हुने बताइन् । भिडियोेलाई पासाङयोञ्जन लामाले निर्देशन गरेका छन् । तनुजा गुरुङ र सोनाम पाख्रिनको अभिनय रहेको गीतमा अमृत सुनुवारको छयांकन, निशान घिमिरेको सम्पादन तथा चन्द्र गुरुङको श्रृङगार रहेको छ ।

भिडियोलाई राम्रो बनाउने प्रयास गरेको र गीतमा केहि नयाँ गर्ने प्रयास गरेको मिङ्सले बताइन् । ‘इट्स ह्याप्पन’ एल्बम बजारमा ल्याएकी मिङस गीत सँगीतमै स्थापित हुने लक्ष्यका साथ यस क्षेत्रमा सक्रिय छन् । उनले हालसम्म दर्जनभन्दा बढी गीत गाइसकेकी छन् ।

प्रतिक्रिया