काठमाडौं, ९ साउन । कैलालीको टीकापुरमा एसएसपीसहितका सात सुरक्षाकर्मीको हत्यामा संलग्न भएको आरोपमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का क्षेत्रीय अध्यक्षसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष ४४ वर्षका रामप्रसाद चौधरीलाई पक्राउ गरेको हो ।
यस्तै जोशिपुर–४ बस्ने ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्क बहादुर चौधरी, दरख–६ नारायणपुर बस्ने १७ बर्षीय राम जनम चौधरी, मनुवा–१ बस्ने २० बर्षीय राम कुमार खठरीया, २७ बर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिल बहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया मनुवा–४ बस्ने २२ बर्षीय हरि नारायण चौधरी र भजनि–५ बस्ने ४१ बर्षीय प्रेमबहादुर चौधरी पनि पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।
प्रतिक्रिया