डडेल्धुरा, ९ भदौ । देशका विभिन्न स्थानमा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधि भइरहेको बेला डडेल्धुरामा सद्भाव ¥यालीको आयोजना गरिएको छ । शान्ति समिति डडेल्धुराको आयोजनामा बुधबार बिहान सद्भाव ¥यालीको आयोजना गरिएको हो । ‘हामी नेपाली, हाम्रो नेपाल’ भन्ने नारासहित बृहत् सद्भाव ¥याली आयोजना गरिएको हो । ¥यालीमा सयौँको संख्यामा कर्मचारी, स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो ।
सद्भाव ¥यालीले तुफानडाँडा, बागबजार, खलंगालगायत नगरक्षेत्रमा परिक्रमा गरेको छ । देशमा शान्ति र अमनचयनसँगै समुदायबीच भइरहेको सद्भाव बिथोलिने क्रियाकलापलाई निरुत्साहित गर्न डडेल्धुरामा बृहत् सद्भाव ¥याली आयोजना गरिएको शान्ति समितिका संयोजक लालबहादुर ऐरीले बताए ।
प्रतिक्रिया