काठमाडौं । आशिका फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको नेपाली कमेडी चलचित्र ‘सुश्री’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्रका निर्देशक शिवम् अधिकारीले दिएको जानकारीअनुसार चलचित्र सुश्री अब ३ कात्तिकमा फूलपातीको दिनबाट प्रदर्शनमा आउनेछ ।
चलचित्रमा आर्यन सिग्देल, आशिका तामाङ, राजाराम पौडेल, मिश्री थापा, सुजना ढकाल, रवि प्रधानलगायतको अभिनय रहेको छ । चलचित्रलाई आत्मराम थापाले निर्माण गरेका हुन् । पूर्णतया कमेडी शैलीमा निर्माण गरिएको यो चलचित्रमा वसन्त सापकोटाको संगीत, रामेश्वर कार्कीको छायांकन, शंकर विसीको नृत्य, कुमार महर्जनको एक्सन रहेको छ ।
फूलपातीमा अन्य केही चलचित्र प्रदर्शनमा आउनेछन् । (सौस)
प्रतिक्रिया