लोडसेडिङ ! नो मतलव

loadsheddingकाभ्रे । काभ्रेकै सदरमुकाम धुलिखेलस्थित लोडसेडिङको समयमा हुने गरेको चोरी, डकैतीलगायत समस्याबाट दुःख पाइरहका अवस्थामा धुलिखेलवासीले भने अब कुनै चिन्ता लिनुनपर्ने भएको छ । पर्यटकीय नगरी धुलिखेलको नारायणस्थानदेखि पिुरानो बजार, गणेशस्थान, सरस्वती बजार, अरनिको हाईवे क्षेत्र, भीमसेनस्थान, नगरपालिका जाने बाटो क्षेत्रलगायतको ठाउँमा आवश्यक पहिचान गरी सोलार प्लानलमार्फत बत्ती जडान गरिएको छ उज्यालो धुलिखेल नाम दिइको उक्त कार्यक्रमलाई दीपेश श्रेष्ठले नेतृत्व गरिरहेका छन् । (लिड सोलार स्ट्रिट लाइट प्रोजेक्ट) नाम दिइएको उक्त कार्यक्रमका लागि प्रत्येक घरबाट ५ हजारसम्म रकम संकलन गरिएको छ भने देशभित्र र बाहिर रहेका धुलिखेलवासीले सहयोग गरेका छन् । पहिलो चरणको काम पूरा भई सक्दा कुल ३ लाखा ७५ हजारभन्दा बढी खर्च भइसकेको र त्यसबाट ३० वटा पोल बत्ती अनि मन्दिर, पोखरी, पाटी, पौवामा लिड फोकस लाइट ४ वटा जडान गरिसकिएको छ ।

विदेशमा रहेकाबाट १ लाखभन्दा बढी आइसकेको २ लाखभन्दा बढी उठिसकेको छ भने थप रकम उठ्ने क्रम जारी छ । उज्यालोकै कारण आफूलाई सुरक्षित महसुस गरी स्थानीयवासी आजभोलि रातको समयमा केहीबेर बाहिरी वातावरणमा टहलिन निस्कने गरेका छन् । बुढाबुढी पनी केहीबेर सुकुल ओछ्यार बाहिर बसिरहेको भेटिन्छन् । भने रातीको समयमा धुलिखेल हेर्ने पर्यटकको समेत वृद्धि भएको स्थानीय होटल व्यवसायी तथा सामाजिक व्यक्तित्व पंकज चित्रकारले बताए ।

युवाको यो अभियानमा आफूले पनि साथ दिन पाएकामा गर्व महसुस गरे । आफ्नो सानो प्रयासले धुलिखेलको बजार क्षेत्र उज्यालो बनाउन सफल भएकामा सबैलाई यो अभियानका अभियान कर्ता दीपेश श्रेष्ठ सबैलाई धन्यवाद दिन चहाहेको बताएका छन् । केही कुरा काट्ने पनि भेटिए रे कोहीले असहयोग पनि गरे । तर, आफ्नो काममा अडिग भइरहँदा आज एउटा युवकमाथि स्थानीयले विश्वास गरेकामा श्रेष्ठले खुसी व्यक्त गरे । यसरी आएको कार्याक्रमले सदरमुकाममा रहेका कार्यालय र स्थानीयवासीलाई प्रभावित बनाएपछि लोडसेडिङको कुनै मलव नभएको स्थानीयवासी बताउँछन् । सोलार प्यानल, बत्ती, स्टेन्ड, तारहरू एकैपटक जुटाउन गाह्रो परेको बताउने दीपेशले धुलिखेलमा रहेका स्थानीयवासी र काठमाडौंमा बस्ने धुलिखेलवासीको ठूलो सहयोग पाएका छन् ।

फेसबुकमार्फत धुलिखेबाट बाहिर गएकाहरूबाट पनि सहयोग रकम संकलन गरेका छन् । सेन्टर लाइट सिस्टमअन्तर्गत एक ठाउँमा सोलार प्यानल जडान गरी तारमार्फत पोलपोलमा बत्ती जडान गरिने प्रविधि अपनाइएको छ । यो काममा दीपेश आफैँ खटे र अहिले सबैको प्रशंसा र धन्यवादको पात्र बनेका छन् । यो कार्यक्रमलाई धुलिखेल भरी विस्तार गर्ने योजना दीपेशको छ ।

दीपेशले सुरु गरेको यो कामलाई धुलिखेलमा नमुना काम भएको समाजसेवी चुनियालाल श्रेष्ठ बताउँछन् । आज धुलिखेलवासी मात्र नभई देश–विदेशबाट पनि दीपेशको काम देखेर सहयोग गर्नेको संख्या बढेको उनले बताए । यो अभियानलाई सर्वत्र स्वागत गरिएको छ । स्थानीयवसी खुसीयाली भएका छन् । लोडसेडिङको मारमा परिरहेको यो अवस्थामा सबैले सिक्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया