काठमाडौं । नेपालका ८ वर्षे सौगात विष्टको अहिले नेपालमा मात्रै नभएर विश्वभरि नै चर्चा छ । उनले अरु साथीहरू भाडाँकुडीमा रमाउँदै गर्दा सिनेमा निर्देशन गरे र दुनियाँलाई नै चकित बनाए । उनले निर्देशन गरेको नेपाली सिनेमा लभ यु बाबाले नेपाली सिनेमा हलमा राम्रो व्यापार गर्न त सकेन, तर व्यवसायिक असफलताले सौगातको तीष्ण क्षमताको कदर हुनबाट रोकेन । यही चलचित्रले उनको नाम गिनिज बुकमा लेखायो ।
यो चलचित्र १६ अगस्टमा टोकियोको सिनओकुबो फिल्म फेस्टिवल २०१५ मा देखाइएको छ । शिनओकुबो फिल्म फेस्टिवल अगस्ट १६ र २० तारिक गरी २ शो देखाइने भएको छ । त्यहाँको समयअनुसार दिउसो १ः३० बजे र २० अगस्टमा बेलुकी ५ः०० बजे देखाइने माया कम्पनी लिमिटेड, टिकियोले जनाएको छ । टोकियोमा रहेका सम्पूर्ण नेपालीले यो सिनेमा हेरेर सौगातलाई प्रतिक्रिया दिने छन् ।
शिनओकुबो फिल्म फेस्टिवलमा चाइनिज, कोरियन, जापानीज, थाई, बेल्जियम, नेपाली र सिंगापुरको गरी १७ वटा सिनेमा देखाइँदैछ र यी सबै सिनेमा हेर्न मिल्ने पास संकस कन्विनीएनस स्टोरमा किन्न पाइन्छ । यसको मूल्य २००० एन रहेको छ । (सौस)
प्रतिक्रिया