मस्को (रसिया) ३० साउन । रसियाको सुदुरपूर्वी इलाका खावारोभ्स्कमा हेलिकप्टर दुर्घटनामा हुँदा छ जनाको मृत्युभएको इन्टरफ्याक्स समाचार संस्थाले शनिबार जनाएको छ । दुर्घटनामा १० यात्रु बाँच्न सफल भएका छन् ।
अन्गाचन प्लेटफर्मबाट नजीक पर्ने उक्त इलाकामा दुर्घटनाग्रस्त हेलिकप्टरमा १३ जना यात्रु र तीन चालकदलका सदस्य सवार थिए ।
दुर्घटना स्थानीय समयअनुसार ठीक ३ बजेर ४५ मिनेट जाँदा भएको थियो । उद्धार समुहहरु दुर्घटनास्थलतर्फ गइसकेको रसियाली संकट मन्त्रालयको उद्धार केन्द्रले जनाएको छ ।
प्रतिक्रिया