‘थरुहट’ माग्दै प्रदर्शन

tharuhat magdaiदेउखुरी, ३० साउन । थरूहट आन्दोलन चर्किंदै जाँदा लमहीमा दिनहँु प्रदर्शन भइरहेको छ । थरूहट÷थारूवान संयुक्त संघर्ष समितिको आह्वानमा बन्द भएको हो । थारू कल्याण कारिणी सभा क्षेत्र नं. १ देउखुरीले यहाँ बन्दको नेतृत्व गरिरहेको छ ।
गाउँगाउँबाट बन्दकर्ताहरू लमहीमा आउँदै प्रदर्शनमा सहभागी हुने क्रम बढेको छ । शनिबार लमहीमा महिला तथा पुरुषहरू सहभागी ¥याली निस्किएको छ । गाउँमा हाँक(सार्वजनिक) सूचना प्रवाह गरी ¥यालीमा सहभागी हुन आह्वान गरिएको ¥यालीमा सहभागी एक सहभागीले बताए । ‘गाउँमा हाँक हालेर ¥यालीमा सहभागी हुन आएको हुँ’ एक सहभागीले भने ‘थारूहरूको अधिकारका लागि आन्दोलन भइरहेको थाहा पाएको छु, त्यसैले म पनि आएँ ।’
दाङ जिल्लालाई प्रादेशिक राजधानी घोषणा गर, प्रतिगामी संविधान मस्यौदा खारेज गर, पहिचानसहितको संघीयता घोषणा गर, पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर, अधिकार सम्पन्न स्वायत्त थरूहट प्रदेश स्थापना गर, पहिचान विरोधी होसियारलगायतका नारा लगाउँदै प्रदर्शन गरिएको छ । ¥यालीअघि भएको कार्यक्रममा थारू कल्याणकारी सभा क्षेत्र नं. १ का सभापति हिरालाल चौधरी, प्रकाश चौधरी, अशोककुमार यादव, विन्तिराम यादव, वालगोविन्द चौधरीलगायतका वक्ताहरूले संवोधन गर्दै थरूहट प्रदेश घोषणाको माग गरेका थिए ।
बन्दका कारण पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलेका छैनन् । बजार, शिक्षण संस्था, कलकारखाना ठप्प छन् । लगातार चार दिनदेखिको आम हड्तालको कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । साँझ बिहान छाक टार्न ज्याला मजदुरी गर्नेहरूलाई बन्दले निकै दुःख दिएको छ । तरकारी बेचेर गुजारा चलाउनेहरू बजार बन्द हुँदा सामग्री बिक्री गर्न पाएका छैनन् ।
बजार बन्द हँुदा खाद्यान्नको अभाव देखिन थालेको छ । बन्दका कारणले जनजीवनमा असर पार्न थाले पनि बन्द खुकुलो बनाउने विषयमा यहाँ कुनै छलफल भएको छैन । घोराही र तुलसीपुरमा थरूहट बन्द खुकुलो भए पनि देउखुरी क्षेत्रमा बन्द खुकुलो बनाउने विषयमा कुनै क्षेत्रबाट पनि पहल नहुँदा सर्वसाधारण नागरिकले सास्ती खेप्नुपरेको छ ।

 

प्रतिक्रिया